धनगढीका प्रमुख हमाललाई थप उपचारका लागि दिल्ली लगियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २२, शनिबार (५ महिना अघि)
  • २५ पटक पढिएको
धनगढीका प्रमुख हमाललाई थप उपचारका लागि दिल्ली लगियो

मंसिर २२, काठमाण्डौँ ।  स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्लीतर्फ लगिएको छ । नगर प्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उनलाई गए राति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको जानकारी दिए ।

श्वास फेर्न समस्या भएपछि गए राति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस