मंसिर २४, काठमाडौँ । बाक्लो हुस्सुसहितको खराब मौसमका कारण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा कठिनाई भएपछि तीनवटा अन्तर्राष्ट्रिय वायुसेवाले केही समयलाई उडान स्थगन गर्ने भएका छन् ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार कुबेतबाट उडान गर्दै आइरहेको जजिरा एयरवेज, दुबईबाट उडान गर्दै आइरहेको फ्लाई दुबई र बैंककबाट उडान गरिरहेको थाई एयर एसियाले त्यहाको खराब मौसमको कारण देखाउँदै उडानलाई निरन्तरता दिन नसक्ने लिखित जानकारी दिएका हुन् ।