गण्डकी प्रदेश प्रमुखद्वारा निजामती सेवा अध्यादेश प्रमाणीकरण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष १२, शुक्रबार (४ महिना अघि)
  • २२ पटक पढिएको
गण्डकी प्रदेश प्रमुखद्वारा निजामती सेवा अध्यादेश प्रमाणीकरण

पौष १२, काठमाण्डौँ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा पहिलो संशोधन अध्यादेश २०८१ प्रमाणीकरण गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा बुधबार पठाएकामा आज प्रदेश प्रमुख भट्टले प्रमाणीकरण गरेका हुन् ।

नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । गत मंगलबारको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन संशोधनका लागि अध्यादेश पारित गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस