देउवाले लिए सरकारमा सहभागी मन्त्रीहरुको कार्य प्रगति विवरण

देउवाले लिए सरकारमा सहभागी मन्त्रीहरुको कार्य प्रगति विवरण

माघ ३, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् । आज बिहान निजी निवास बुढानिलकण्ठमा बोलाएर सभपति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।

हालसम्म ३ जना मन्त्रीहरुले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । उनले मन्त्रालयले सोचेअनुसारको काममा तीब्रता दिन नसकेको उल्लेख गरे । छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिएको उनले बताए ।

# नेपाली कांग्रेस

ताजा अपडेट

खोजी गर्नुहोस