तीन महिनासम्म त्रिभुवन विमानस्थल दैनिक १० घन्टा बन्द हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १३, बुधबार (५ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

चैत १२, काठमाडौँ । दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ।

धामनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सिमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए।
मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राती १० बजेसम्म मात्र खुला गर्ने तयारी छ। अहिले विहान ६ बजेदेखि राती ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ।

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ। हरेक दिन राती १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुनेछ।

सो अवधिभित्र अहिले भइरहेको पिचको निश्चित भाग भत्काइने र नयाँ पिच राखेर बिहान उडान सञ्चालनयोग्य बनाइने छ।

ताजा अपडेट

खोजी गर्नुहोस