वैशाख, १७ काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराएको छ ।
मंगलबार सम्पन्न खेलमा कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले नौ विकेट गुमाउँदै १९० रन मात्रै बनाउन सक्यो ।
दिल्लीका फाफ डुप्लेसिसले सर्वाधिक ६२ रन बनाए । ४५ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे । कप्तान अक्षर पटेलले ४३, विपराज निगमले ३८ र करुण नायरले १५ रन जोडे ।
योसँगै कोलकाताले १० खेलबाट नौ अंकसहित लालिकाको सातौं स्थानमा छ । दिल्ली समान खेलबाट १२ अंकसहित चौथो स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र पन्जाब किङ्ग्स खेल्दैछन् ।