प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, शिक्षकका माग सम्बोधन हुने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १७, बुधबार (५ दिन अघि)
  • १२० पटक पढिएको
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, शिक्षकका माग सम्बोधन हुने

वैशाख १७, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । शिक्षक आन्दोलनका बिषयमा ठोस निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजे बैठक बस्दैछ ।

आन्दोलनरत शिक्षक महासंघले सरकारसँग वार्ता र आन्दोलनसंगै आगाडी बढाएका छन् । शिक्षक महासंघले केही माग मन्त्रिपरिषद्बाटै टुङ्गाउनुपर्ने र बाँकी माग संसदबाट टुङ्गाउनुपर्ने बताएको छ ।

शिक्षकको मागबारे अहिले शिक्षक महासंघ र सरकारबीच वार्ता भइरहेको छ । तीन घण्टा यता जारी वार्ता सहमति नजिक पुगेको दाबी गरिएको छ ।

वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक सहभागी भएका छन् । शिक्षा मन्त्रालयका अनुसार सत्तारुढ दल कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौला पनि वार्तामा सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस