वैशाख १७, काठमाडौं । कारोबारको चौथो दिन आज सेयर बजार घटेको छ भने कारोबार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार नेप्से ८.१४ अकंले घटेर परिसुचक २६ सय २३ को विन्दुमा कायम भएको छ ।
घटेको बजारमा कारोबार रकम भने बढेको छ । आज तीन सय १४ वटा धितोपत्रका २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता खरिदबिक्री हुँदा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार ६ सय ५५ रुपैयाँको कारोबार भएको छ । हिजो ७ अर्ब ५७ करोडको कारोबार भएको थियो ।
आज नेप्सेका १३ वटा उपसमूहमध्ये चार वटा उपसमूहका सूचक बढेका छन् । आज हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४, व्यापार ०.४० र मिचुअल फण्ड ०.२३ प्रतिशतले बढे । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ तथा अन्य १.१६ प्रतिशत घटेका छन् ।
घटेको बजारमा आज तीन कम्पनीको मूल्यमा सकारात्मक सर्कित लागेको छ । समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्को हो ।
आज सबेभन्दा बढी भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ५.७६, तारागाउँ रिजेन्सी ३.७७, लक्ष्मी लघुवित्त ३.३८, सप्तकोशी डेभलपमेन्ट बैंक ३.०५ प्रतिशतले घट्यो ।
आज सर्वाधिक कारोबार हुनेमा राधि विद्युत्, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर र हिमालयन पावर पार्टनर कम्पनी रहेका छन् ।