महासंघकै नेतृत्वमा शिक्षक कर्मचारी असन्तुष्ट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १८, बिहिबार (१ हप्ता अघि)
  • ९३ पटक पढिएको
महासंघकै नेतृत्वमा शिक्षक कर्मचारी असन्तुष्ट

वैशाख, १८ काठमाडौं । शिक्षक महासंघले सरकारसँग गरेको सहमतिप्रति विद्यालय कर्मचारी असन्तुष्ट भएका छन् । बुधबार सरकार र महासंघबीच नौ बुँदे सहमतिले शिक्षकका माग नसमेतेको भन्दै विद्यालय कर्मचारी परिषद्ले असन्तुष्टी जनाएको छ ।

सरकार र महासंघबीच बुधवार भएको सहमतिबारे जानकारी दिन काठमाडौँमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वको विरोध गरे । त्यसअघि कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो ।

विद्यालय कर्मचारीहरुले सहमतिमा आफूहरुको माग समावेश नगरेको भन्दै महासघंको विरोघमा उत्रीएका हुन् । आज दिउसो रत्न राज्य स्कुलमा महासंघ र परिषद्का पदाधिकारीबीच सोही बिषयमा विवाद भएको थियो ।

लगतै परिषद्ले सरकारसँगको सहमति नमान्ने घोषणा गरेको छ । परिषद् कर्मचारीले आफ्ना माग सम्बोधन नहुने भएकाले सरकारसँगको सहमति अस्वीकार गर्दै महासंघले धोका दिएको बताए । उनीहरुले आफूहरूको आन्दोलन जारी रहने पनि बताए ।

यता महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले सरकारसँगको ९ बुँदे सहमति सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीको उर्जाको प्रतिफल भएको जानकारी दिइन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट छोटो समयमा ऐन पारित गर्ने र आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा सहमति भएको उनको भनाई छ ।

शिक्षकहरुले  गत चैत २० गतेदेखि नयाँ शिक्षा ऐन लगायत माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका थिए । सरकारसँग सहमतिपछि शिक्षकहरु आन्दोलनका कार्यक्रम स्थगित गरि कार्यस्थल फर्किएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस