नेकपा एसलाई जनमतको कमि छैन, एमालेमा विलय हुदैन : माधव नेपाल

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८२ बैशाख २०, शनिबार (२२ घण्टा अघि)
  • ८३ पटक पढिएको
नेकपा एसलाई जनमतको कमि छैन, एमालेमा विलय हुदैन : माधव नेपाल

वैशाख २०, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई जनमतको कमी नरहेको बताएका छन् । पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले नेकपा एसलाई जनताको मतको कमी नरहेको भन्दै उनले गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दावी गरे ।

उनले अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनै पनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महशुस नगरेको उनले बताए ।उनले अब नेकपा ९एकीकृत समाजवादी०लाई अरु भन्दा ठूलो र शक्तिशाली बनाउने पनि बताए ।

यस्तै उनले आफ्नो पार्टी नेकपा एमालेमा विलय नहुने बताए । उनले आफ्नो पार्टीमा गोलबद्ध हुनेहरुको संख्या वढ्दै गएको उल्लेख गर्दै अरू कुनै पार्टीमा गएर विलीन नहुने जिकिर गरेका हुन् ।

अर्का पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारको मात्र होइन अहिलेको संविधान पुँजीवादी भएको भन्दै समर्थन गर्न नसक्ने बताएका छन् । आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको भन्दै उनले निर्वाचनमा बढीभन्दा बढी सिट जिताउन सके संसद्मा गएर पनि नौटंकी सरकारको भण्डाफोर गर्न सकिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस