काठमाडौंसहित देशका पहाडी स्थानमा विहानैदेखि वर्षा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २१, आईतबार (५ घण्टा अघि)
  • ५० पटक पढिएको
काठमाडौंसहित देशका पहाडी स्थानमा विहानैदेखि वर्षा

वैशाख २१, काठमाडौं । हाल काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भैरहेको छ । हाल पश्चिमी तथा स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली छ । अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस