स्वास्थ्य बीमा बोर्डद्धारा ४ अर्ब ३८ करोड भुक्तानी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २१, आईतबार (४ घण्टा अघि)
  • १२ पटक पढिएको
स्वास्थ्य बीमा बोर्डद्धारा ४ अर्ब ३८ करोड भुक्तानी

बैशाख २१,काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा सरकारी र निजी अस्पताललाई ४ अर्ब ३८ करोड भुक्तानी गरेको छ । बीमा बोर्डका अनुसार सेवा प्रदायक ४०० भन्दा बढी संस्थालाई ४ अर्ब ३८ करोड भुक्तानी गरेको हो ।

चालू आर्थिक वर्षमा सरकारले बीमा बोर्डलाई ७ अर्ब ५० करोड विनियोजन गरेको थियो । उक्त रकमले पनि नपुगेपछि शुक्रबार अर्थ मन्त्रालयले तीन अर्ब विनियोजन गरेको हो ।

‘अर्थ मन्त्रालयबाट आएको ३ अर्ब र बोर्डसँग भएको थप १ अर्ब ३८ करोड रकम ४ सयभन्दा बढी स्वास्थ्य संस्थामा भुक्तानी भएको छ,’ बीमा बोर्डका सुचना अधिकारी विवेक मल्लले भने ।

स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी स्वास्थ्य संस्था छन् ।

बीमा बोर्डको तथ्यांक अनुसार सेवा प्रदायक संस्थालाई मासिक २ अर्ब भुक्तानी गर्नुपर्ने हुन्छ ।

यही अनुपातमा हेर्दा बीमा बोर्डले चालू आर्थिक वर्षसम्ममा भुक्तानी दिन २४ अर्ब हुन आउने बोर्डका निर्देशक डा. रघु काफ्ले बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस