राष्ट्रियसभाको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख २१, आईतबार (४ घण्टा अघि)
  • ४८ पटक पढिएको
राष्ट्रियसभाको बैठक बस्दै

वैशाख २१, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आज दिउँसो सवा १२ बजे राष्ट्रियसभाको बैठक बस्ने भएको हो ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० र भन्सार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरु टेबुल हुनेछन् । भने प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसुचि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस