‘भ्रष्टाचारमुक्त देश र कानूनी शासन नभए जुनकुनै व्यवस्था लामो समय टिक्दैन’

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २०, शनिबार (१६ घण्टा अघि)
  • ६६ पटक पढिएको
‘भ्रष्टाचारमुक्त देश र कानूनी शासन नभए जुनकुनै व्यवस्था लामो समय टिक्दैन’

वैशाख २०, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले भ्रष्टाचारमुक्त देश र कानूनी शासनको पालना हुन नसके कुनै पनि व्यवस्था लामो समय चल्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौँमा वागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको विधायिकी अन्तरसंवाद र कानूनको मापन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले तीन तहको सरकार रहेको र तीन तहकै सरकारले आफ्नो दायित्व अनुसार अघि बढिरहेको बताए ।

कानुनमन्त्री चौरसियाले संघ, प्रदेश र स्थानीय तहले जनताले चाहेको अनुकूल शासन पद्धति चलेको छ कि छैन ? कानून लागू भएको छ कि छैन ? आवश्यकताअनुसार कानून संशोधन भएको छ कि छैन भन्ने चाहना राख्नु आमजनताको सरोकारको विषय भएको बताए ।

मन्त्री चौरसियाले कानून मन्त्रालयले संघीयता जारी भइसकेपछि २१४ वटा ऐन बनाइसकेको दाबी गरे ।

यस्तै राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुने आशंका उब्जिएको बताएकी छन् । उनले संविधानले व्यवस्था गरेको शासकीय संरचना, संघीयता र कानूनी पूर्णताका लागि न्यूनतम आवश्यकता निर्माण गर्न ढिलासुस्ती भएको स्वीकार गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस