रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १८, बिहिबार (२ दिन अघि)
  • ६७ पटक पढिएको
रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू हुँदै

बैशाख १८,काठमाडौँ । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू हुँदैछ । पहिलो दिन आज रथलाई पुल्चोकबाट तानेर बाजागाजासहित पाटन गाःबहाल पुर्‍याइनेछ ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ अहिले पुल्चोकमा राखिएको छ । पुल्चोकमा निर्माण गरिएको रथमा गएको सोमवार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै हेरक दिन दर्शनार्थीको भीड बढेको छ ।

यात्राका क्रममा रथ जहाँ जहाँ पुग्छ, त्यो ठाउँका स्थानीयवासीले विशेष पूजा गरेर मनाउने गर्छन् । पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ । जात्रामा इन्द्रबाजा, गुरूजु पल्टनको टुकडी, धिमे, नायखीँलगायतका बाजा सहभागी हुनेछन् । टङ्गल टोलमा बनाइएको मीननाथको रथ पनि तानेर आजै गाःबहाल पुर्‍याइनेछ ।

जात्राको अन्तिम दिन भोटो जात्रा सकेपछि मच्छिन्द्रनाथको रथलाई सानो खटमा बोकेर बुङ्मतीमा रहेको मन्दिरमा पुर्‍याइनेछ । मीननाथलाई टङ्गलमा रहेको चक्रबहिमा पुर्‍याएपछि मच्छिन्द्रनाथको रथयात्रा समापन हुन्छ ।

मच्छिन्द्रनाथलाई वैष्णवले विष्णु, शैवले शिव, शाक्तले शक्ति, सौरले सूर्य, ब्राह्मणले लोकेश्वर र बौद्धले करुणामयका रूपमा पुज्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस