चार संसदीय समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ बैशाख २१, आईतबार (५ घण्टा अघि)
  • ५८ पटक पढिएको
चार संसदीय समितिको बैठक बस्दै

वैशाख २१, काठमाडौं । संघिय संसद अन्तर्गत प्रतिनिधि सभाका ४ वटा समितिको बैठक आज बस्दैछन् ।

अर्थ समितिको बिहान साढे ११ बजे बस्ने तय भएको छ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसुचि छ ।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको बिकासमा सिंचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, उर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसुचि छ । बैठक बिहान साढे १० बजे शुरु हुनेछ ।

प्रतिनिधि सभाकै सार्वजनिक लेखा समितिको पनि आज बैठक बस्दैछ । दिउँसो साढे १० बजे बोलाइएको बैठकमा समितिको २३ औं प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ । पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा र उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा पनि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस