आईपीएलः बेङ्गलुरुको रोमाञ्चक जित, आज दुई खेल हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख २१, आईतबार (६ घण्टा अघि)
  • ६१ पटक पढिएको
आईपीएलः बेङ्गलुरुको रोमाञ्चक जित, आज दुई खेल हुने

वैशाख २१, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोली बेङ्गलुरुले चेन्नई सुपर किङ्ग्सलाई दुई रनले हरायो ।

चिन्नास्वामी रंगशालामा बेङ्गलुरुले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको चेन्नईले पाँच विकेट गुमाएर २ सय ११ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि आयुष म्हात्रेले ९४ रन र रविन्द्र जडेजाले अविजित ७७ रन बनाए ।

बेङ्ग्लुरुका लुङ्गी इिन्डीजले तीन तथा कुर्नाल पाण्डेय र यश दयालले समान एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बेङ्गलुरुले पाँच विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । बेङ्गलुरुका लागि विराट कोहलीले ६२, याकूब बेथेलले ५५ र रोमारियो शेफर्डले अविजित ५३ रन बनाए ।

चेन्नईका मथीशा पाथिरानाले ३ तथा नूर अहमद र रविन्द्र जडेजाले समान एक विकेट लिए ।

यो जीतसँगै बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । प्लेअफ होडबाट बाहिरीसकेको चेन्नई ४ अङ्कसहित तालिकाको पुछारमा छ ।

आईपीएल क्रिकेटमा आज कलकत्ता नाईट रायडर्स र राजस्थान रोयल्स तथा पञ्जाब किङ्ग्स र लखनउ सुपर जायन्टस्बीच खेल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस