नागढुंगा–पिप्लामोड सडकखण्ड वैशाख २२ देखि रातिमा बन्द गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २०, शनिबार (२१ घण्टा अघि)
  • ७४ पटक पढिएको
नागढुंगा–पिप्लामोड सडकखण्ड वैशाख २२ देखि रातिमा बन्द गरिने

वैशाख २०, काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलमोड सडक रातिमा दैनिक पाँचघण्टा बन्द गरिने भएको छ ।

सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ । नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ । रोकिएका सवारी साधनहरुलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यमा जान दिइने छ ।

साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । यो समयमा वैकल्पिक मार्ग प्रयाग गर्न योजना कार्यालयले आग्रह गरेको छ । वैकल्पिक मार्गका रुपमा सितापाइला–भीमढुंगा–रामकोट–धार्के,सामाखुसी–टोखा–छहरे–गल्छी सडकमार्ग प्रयोग गर्न सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस