शेयरबजार दोहोरो अंकले घट्यो, कारोबारमा पनि गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ३०, मंगलबार (१२ घण्टा अघि)
  • ३९ पटक पढिएको
शेयरबजार दोहोरो अंकले घट्यो, कारोबारमा पनि गिरावट

बैशाख ३०,काठमाडौँ । सेयर बजार मङ्गलबार पनि दोहोरो अङ्कले घटेको छ । आज बजार बजार परिसूचक १४.१२ अङ्क घटेको हो । योसँगै २६३४.८६ अङ्कमा कायम भएको छ । आज बजारमा ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा आज ७७ कम्पनीको मूल्य बढ्दा १६८ वटा कम्पनीको मूल्य घटेको छ, एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजारमा आज दुई वटा कम्पनीहरू क्रेट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ ।

क्षेत्रगत रूपमा जीवन बीमा, विकास बैङ्क र उत्पादन तथा प्रशोधनमूलक कम्पनीको सूचक बढ्दा अरू सूचक घट्का छन् । सबैभन्दा बढी होटल र ट्रेडिङ क्षेत्रको परिसूचक २ प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज बजारमा युनिभर्सल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएका छन् । कारोबार भएको शेयर सङ्ख्यामा पनि युनिभर्सल पावर नै अगाडि रहँदा कारोबार सङ्ख्यामा भने नेपाल माइक्रो इन्स्योरेन्स अगाडि रहेको देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस