भक्तपुरमा बागमती प्रदेश स्तरिय कराँते प्रतियोगिता हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ५, सोमबार (११ घण्टा अघि)
  • १६ पटक पढिएको
भक्तपुरमा बागमती प्रदेश स्तरिय कराँते प्रतियोगिता हुँदै

वैशाख ५,भक्तपुर । सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेश व्यापी कराँते प्रतियोगिता हुने भएको छ । कराँते विकासमा तथा नयाँ खेलाडी उत्पादन लागि सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा भक्तपुरमा जेठ ९ र १० गते बागमती प्रदेश व्यापी कराँते प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

प्रतियोगितामा प्रदेशका विभिन्न डोजो तथा खेलाडीहरू सहभागी हुने भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामशरण त्वातीले जानकारी दिए । उनका अनुसार आगामी जेठ ९ र १० गते सूर्यविनायक नगरपालिका वडा नम्वर ९ को सेराटन बैकिटमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा ५ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छन्। तौल समूह अनुसार हुने उक्त प्रतियोगितामा महिला, पुरुष गरी ५ सय बढी खेलाडी सहभागी हुने उहाँले जानकारी दिए । ३५ केजी देखि ६७ प्लस केजी तौल समूहसम्म पुरुष तथा ३५ केजी तौलदेखि ६१ केजी तौल सम्म महिला गरी १५ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश हुने उनले जानकारी दिए ।

खेल डब्लु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइने उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस