जेठ ११, काठमाडौं । संघिय संसद अन्तर्गत प्रतिनिधि सभाको दुई समितिको बैठक आज बस्दैछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने तय भएको हो ।
बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसुचि छ ।
यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । बैठक बिहान ११ बजे नै बोलाइएको छ ।