प्रतिनिधिसभाको बैठक ३ बजे बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ २१, बुधबार (२ दिन अघि)
  • ५० पटक पढिएको
प्रतिनिधिसभाको बैठक ३ बजे बस्ने

जेठ २१,काठमाडौँ । बुधबार १ बजे बस्ने गरी सूचना टाँसेर सारिएको प्रतिनिधिसभाको आजको बैठक अझै सुरु भएको छैन । बैठक ३ बजे बस्ने भनेर सुचना टाँसिएको छ । सभामुखले राखेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूको बैठक निष्कर्षहीन भएपछि आजको संसद् बैठक पनि अनिश्चित बनेको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् । सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन ।

सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुटेका छन् । सभामुखले विपक्षीको अवरोधका बीच बैठक सुरु गर्ने वा अर्को मिति तोकेर स्थगित गर्ने निर्णय लिन सक्छन् ।

सभामुखकै पहलमा हिजो भएको प्रमुख सचेतकहरूको बैठकमा दलहरू सहमतिको नजिक पुगेका थिए ।

सदनमा पहिले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने भन्दै सत्तापक्षले बाँकी विषयमा त्यसपछि छलफल गरिने बताउँदै आएको छ । सत्तापक्ष यो अडानबाट पछि नहटेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागमा विपक्षी पनि अडिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस