योजना आयोगले मनिटरिङ र सुपरभिजन निर्मम तरिकाले गर्छ: उपाध्यक्ष अधिकारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २१, बुधबार (२ दिन अघि)
  • २२ पटक पढिएको
योजना आयोगले मनिटरिङ र सुपरभिजन निर्मम तरिकाले गर्छ: उपाध्यक्ष अधिकारी

जेठ २१,काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले बजेटपछिको योजना आयोगको भूमिकाबारे स्पष्ट पार्दै कार्यान्वयनमा निर्मम अनुगमन र सुपरिवेक्षण दुवै आवश्यक रहेको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष अधिकारीले आयोगको भूमिका नियमन, सुपरिवेक्षण र सहजीकरणमा केन्द्रित हुने स्पष्ट गरे।

‘योजना आयोगले मनिटरिङ र सुपरभिजन निर्मम तरिकाले गर्छ,’ उनले भने, ’कसैले बदमासी गर्छ भने त्यसलाई निर्ममतापूर्वक कारबाही गरिन्छ, तर सबैलाई बदमास ठानेर कानुन बनाउने प्रवृत्ति गलत हो ।’

अधिकारीले बजेटपछिको अवस्थामा ‘योजना आयोग के गर्छ रु’ भन्ने प्रश्न उठ्न सक्ने जनाउँदै, आयोगले सहजकर्ताको भूमिका खेल्ने र कार्यान्वयनमा सहजीकरण गर्ने बताए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस