जेठ २१, काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका-६ भुग्देउ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पनौतीबाट यात्रु लिएर जाँदै गरेकोबा ३ ख ४४३५ नम्बरको बसमा भुग्देउस्थित दर्केखोलामा दुर्घटना भएको हो । भुग्देउ पुग्दा ५ जना मात्र यात्रु रहेको बस दुर्घटनामा ६० बर्षिय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमानै मृत्यु भएको स्थानीय अनिल तामाङले जानकारी दिए ।
घाईते मध्ये बसका चालकको खुट्टामा चोट लागेको छ भने कृष्णकुमारी सँगै गएकी नातिनी बर्ष १ की संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ । कृष्णकुमारीको बुहारी सगिता आचार्य तिमल्सिनाको गोडामा चोट लागेको छ ।
घाईतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । स्थानीय अनिल तामाङका अनुसार प्रहरी र विरामी लिन एम्बुलेन्स भुग्देउ आइरहेको बताए ।