जेठ २१, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातमा भइरहेको हड्तालविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशमा छलफलका लागि दुवैपक्षलाई बोलाउने आदेश गरेको हो ।
जेठ १९ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमवलीविरूद्ध देशव्यापी हड्ताल सुरू गरेको थियो ।
उक्त हड्तालविरुद्ध अधिवक्ता विमल पोखरेलले हिजो मंगलबार रिट दायर गरेको थिए । रिटमा सार्वजनिक यातायातलाई अत्यावश्यकीय सेवामा राखी हड्ताल गर्न नपाइने कानुनी व्यवस्था भए पनि हड्ताल भइरहेकोले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै सरकारले रोक्न पहल नगरेको उल्लेख गरेका ििथए ।
यद्यपि यातायात व्यवसायीहरूले हिजो मंगलबार नै यातायात व्यवसायीले हड्ताल स्थगित गरेका थिए ।