सुनकोशीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ७, शनिबार (१० घण्टा अघि)
  • ५२ पटक पढिएको
सुनकोशीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

असार ७, खोटाङ । सुनकोशी नदीमा बाढी आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले नदी तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आजसम्म चीनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आएमा सुनकोशीको तटीय क्षेत्रमा समेत क्षति पु-याउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो । सुनकोशी नदी खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाको भूभाग छोएर बगेको छ ।

चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि हिजो सार्वजनिक सूचना जारी गरेको हो । गत वर्षको असाज–१२ गते सुनकोशीमा आएको बाढीले दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारमा सञ्चालित मोटरेबल पक्की पुल बगाएको थियो भने दर्जनौँ स्थानीय विस्थापित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस