मनसुनी वायुको प्रभावले पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ १०, मंगलबार (७ घण्टा अघि)
  • ५३ पटक पढिएको
मनसुनी वायुको प्रभावले पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

असार १०, काठमाडौं । हाल मनसुनी वायुको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका एकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको पनि सम्भावना छ ।

यस्तै राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यसका कारण नदीको जल सतह बढ्ने तथा बाढी, पहिरो जस्ता प्रकोप हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस