आज सबै पालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ १०, मंगलबार (८ घण्टा अघि)
  • ९५ पटक पढिएको
आज सबै पालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

असार १०, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सबै ७ सय ५३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्दैछन् । स‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार ७ सय ५३ पालिका मध्ये हिजोसम्म ४० स्थानीय तहले बजेट सार्वजिनक गरिसकेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । ​

सङ्घबाट चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रूपमा मानिन्छ । सङ्घीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ । तर स्थानीय तहले बजेट समयमा नल्याउँदा अनुदान रकम पाउनमा समस्या देखिने गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐनअनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्याङ्कनको एक सूचक मान्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस