वाइसिएल र युवासंघले बाँड्यो आँधीपीडित २३ परिवारलाई ५–५ हजार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २४, आईतबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत २४,   बर्दिबास । बारा–पर्सामा आएको टोर्नाडो आँधीबाट पीडितहरुलाई युवा संगठनहरुले सहयोग गरेका छन् । युवा संघ नेपाल र वाइसियल नेपालले आइतबार प्रभावित क्षेत्रमा पुगेर मृतकका २३ घर–परिवारलाई ५ हजारको दरले सहयोग रकम हस्ताण्तरण गरेको हो ।

सङ्कलन गरिएको उक्त रकम व्यवसायी, समाजसेवी तथा मनकारी व्यक्तित्वहरुबाट प्राप्त भएको थियो । प्रभावित क्षेत्रमा शुद्ध पिउने पानी, शौचालयको समस्या तथा बालबालिकाहरुलाई हावाहुरीको मनोवैज्ञानिक असर परेको छ । साथै त्यस क्षेत्रमा नेपाली सेना,नेपाल प्रहरीले राहत तथा उदारको काम गरिएको बताए ।

महोत्तरीबाट वाइसिएल नेपाल र युवासंघ तथा पत्रकारको टोली प्रभावित क्षेत्रमा पुगेको थियो । त्यस्तैगरी आइतबार साँझ बर्दिबासमा दीप प्रज्वलन गरी ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रदाञ्जली दिदैं मृतकको आत्माको चिरशान्तिको लागि कामना गरिने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस