आजको मौसम: धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २६, मंगलबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत्र २६,काठमाडौँ । आजपनि बिहानैदेखी काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सुजन सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावले अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको हो । यसकै प्रभावले उपत्यकासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हुरीबताससहित पानी पर्छ ।

त्यसपछि रोकिए पनि मंगलबार काठमाण्डौसहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् सुवेदीको अनुमान छ ।

मौसम खुले पनि एकैछिनमा बदली हुनेछ । एक दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्छ । तर नजिकै परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्छ । पश्चिमको मौसम भने आंशिक बदली हुने उनले बताए ।

पूर्वी तराईमा हुरीबतास पनि चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । पश्चिमबाट बादल मध्यतिर सरिरहेकाले अहिले देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास चलेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस