प्रचण्डको दावी: नेकपामा नआई विप्लवलाई सुखै छैन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २६, मंगलबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

चैत २६, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपामा आउनु पर्ने बताएका छन्।

विप्लव निकट युवा संगठनका नेता कार्यकर्तालाई मंगलबार आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले ढिलो चाढो विप्लव पनि यसैगरी नआई सुखै नभएको बताएका हुन्।

‘नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रको बृहत्तर हितका लागि हामी आफैंले लडेर जे उपलब्धि ल्याएका छौं, त्यसको रक्षा गर्ने र नयाँ परिस्थितीमा नयाँ ढंगले समाजवादतिर अगाडि बढ्ने बाहेक अर्का विकल्प छैन,’ दाहालले भने, ‘विप्लवले पनि यो कुरालाई बुझ्नु आवश्यक छ।’

पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिने बताउँदै प्रचण्डले अन्यलाई पनि राजनीतिको प्रवाहमा आउन अपिल गरेका हुन्।

पार्टी प्रवेश गरेका युवाको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफ्नो भएको भन्दै दाहालले विप्लवको पार्टीमा लागेकालाई ढुक्कसँग नेकपामा आउन अपिल गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस