चैत २७, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ मा बर्ड फ्लु संक्रमण फैलिएपछि एक सातामा ४३ सय कुखुरा नष्ट गरिएको छ।
मधुराम न्यौपानेले सञ्चालन गरेको कुखुरा फार्ममा रहेका ब्रोइलर कुखुरामा बर्ड फ्लू भेटिएपछि मंगलबार राति एक हजार तीनसय ७५ ब्रोइलर कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले बताए।
न्यौपानेको फार्ममा रहेका कुखुरामा ‘एच वान एन वान’ बर्ड फ्लूको भाइरस भेटिएको पशु सेवा विभागले जनाएको छ। विभागको प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि र प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको हो।
गत हप्ता सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्ड फ्लू भएको पुष्टि भएपछि दुई हजार नौ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो।
विगत दुई महिनाअघि देखि भक्तपुरका कुखुरामा बर्ड फ्लु देखिएको हो।