मौसम : कुन क्षेत्रमा कस्तो रहला दिनभर ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २८, बिहिबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

चैत २८, काठमाडौँ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा अपराहन्न तिर मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बिहानै देखिएको बादल केही हटे पनि दिनभरि नै बदली र केही खुलेको जस्तो हुने बताइएको छ ।

पानी ठूलो नपरे पनि केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस