सहरी विभागको जग्गा पनि व्यक्तिकै नाममा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २९, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत २९, काठमाडौँ । सहरी विकास तथा भवन विभाग रहेको जग्गा व्यक्तिका नाममा दर्ता गर्न सर्वाेच्च अदालतले आदेश दिएको खुलासा भएको छ।

बाइस वर्षअघि सर्वाेच्चले कांग्रेस नेता भरतशमशेर राणाका नाममा उक्त विभाग भएको जग्गा दर्ता गर्नुपर्ने परमादेश जारी गरेको पाइएको छ।

फैसला भएदेखि नै जग्गा आफ्नो नाममा ल्याउन राणाका परिवार र सहयोगीले ताकेता गर्दै आएको देखिन्छ।

भरतशमशेरको गत साउन २६ मा मृत्यु भएपछि उनकी पत्नी उमा राणाले एक जग्गा कारोबारी माहेन साहनीलाई लालपुर्जा बनाउने काममा खटिने जिम्मेवारी सुम्पेकी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस