सरकारमाथी खनिए देउवा : युवा र विद्यार्थीलाई सडकमा उत्रन आह्वान !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २९, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र २९,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरेका छन ।

सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।

शुक्रबार ११ विद्यार्थी संगठनले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारीसमेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । प्रधानमन्त्री ओलीले आफू नआउने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएकोमा पनि सभापति देउवाको आपत्ति छ ।

सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस