बैशाख १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट ओलीले सम्बोधन गरेका छन् ।
सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीको चर्चा गरेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धीको रुपमा व्याख्या गरेका छन् ।