कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख ३, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख ३,काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।

वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै पार्टी पवक्ता विश्व प्रकाश शर्माले यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताए ।

शर्माका अनुसार पहिलो चरणमा ७७ जिल्लामा हुनेछ । यो कार्यक्रम एक महिना लामो हुनेछ ।

दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस