बैशाख ४, काठमाडौँ । देशैभर बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेर पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ्ग तथा हुरी बताससहित हल्का देखि मध्यम वर्षा –असिना पानीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै तराईका स्थानहरुमा हुरीबतासको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
यसैबीच सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई अपिल गरेको छ। सरकारको राष्ट्रिय विपद केन्द्रले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै हावाहुरी र चट्याङ्ग ३ दिनसम्म आउन सक्ने भएकाले यसबाट बच्न सबैमा अपिल गरेको हो।
https://www.facebook.com/NEOCOfficial/photos/a.359122088158056/443844426352488/?type=3
https://www.facebook.com/NEOCOfficial/photos/a.359122088158056/443844426352488/?type=3