‘विप्लवलाई मूलधारमा ल्याउने प्रयास भैरहेको छ, मान्दैनन् भने अस्तित्व धरापमा पर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख ५, बिहिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

बैशाख ५, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रमसिंह चन्द (विप्लव) नेतृत्वको नेकपालाई पेल्ने र फकाउने दुबै रणनीतिमा सरकार लागेको बताएका छन्।

प्रदेश ३ स्तरिय सुरक्षा गोष्ठीमा सहभागी सुरक्षा अधिकारीलाई निर्देशन दिँदै उनले भने, ‘हामी उनीहरुलाई मूलधारमा ल्याउने प्रयास गरिरहेका छौँ, मान्दैनन् भने अस्तित्व धरापमा पर्छ।’

गृहमन्त्री थापाले असंवैधानिक, गैह्रकानुनी ध्वंसात्मक गतिविधि गर्ने छुट कसैलाई नभएको बताए।

‘कानुन वमोजिम नै विप्लव समूहमाथि प्रतिबन्ध लगाइएको हो,’ उनले भने, ‘बार्ताको ढोका खुला छ, तर हामी हिंसात्मक गतिविधि गर्न दिँदैनौँ।’

ताजा अपडेट

खोजी गर्नुहोस