कुलमानको अर्को एक्सन : ट्रेड युनियनको चुनावमा विद्युत प्राधिकरणको गाडी प्रयोग गर्न रोक !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ५, बिहिबार (५ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

बैशाख ५,काठमाडौँ । यो बर्षबाट ट्रेड युनियनको चुनावमा विद्युत प्राधिकरणको गाडी प्रयोग गर्न रोक लगाइएको छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ति निकालेर यही वैशाख १९ गते हुने ट्रेड युनियन चुनावका लागि कुनै पनि गाडी प्रयोग नगर्न सचेत गराएका हुन । यसभन्दा अघिको चुनावमा कर्मचारी प्राधिकरणकै गाडी लिएर चुनाव प्रचारमा हिँड्थे । जसको कारण लाखौँ रुपैया खर्चभार प्राधिकरणमाथी आउने गर्दथ्यो ।

चुनावको सिलसिलामा सम्बन्धित कार्यालयमा समन्वय गरेर मात्रै परिचालित हुन र चुनाव निष्पक्ष बनाउन पनि घिसिङले निर्देशन दिएका छन ।

निर्देशन अटेर गर्नेलाई विभागीय कारबाही गर्ने पनि उनको चेतावनी छ । यसअघि प्राधिकरणको ट्रेड युनियन चुनावमा गाडीको व्यापक दुरुपयोग भएको गुनासो आउने गरेको थियो । विद्युत प्राकिरणमा ट्रेड युनियनको चुनाव गएको फागुनमै हुनुपर्ने भए पनि विवादका कारण रोकिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस