उपसचिव सञ्जेलमाथि ‘अख्तियार आतंक’: भन्छन्, ‘भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिन्छु’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ६, शुक्रबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

बैशाख ६, काठमाडौँ । लेखापरीक्षणबाट टुंगिसकेको विषयबस्तुलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेललाई ३ दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

कार्यालयमै उपस्थित नभएको अवस्थामा आधारभूत तलबबाहेक विभिन्न भत्ता लिएको आरोपमा अख्तियारले छानबिनका लागि उनलाई पत्र काटेको हो ।

‘भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिन्छु’

उपसचिव प्रेमप्रसाद सञ्जेलले भ्रष्टाचारी भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिने बताएका छन् । भ्रष्टाचारकोविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३ गते तीन दिनको म्याद दिएर बयानकालागि पत्र काटेपछि उनले बिहिबार पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस