भियतनाम र कम्बोडिया भ्रमणको तयारीमा प्रधानमन्त्री ओली, यस्तो छ कार्यतालीका

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख ६, शुक्रबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्ने भएका छन्।

दुई पक्षीय भ्रमणका लागि ती दुवै देशबाट निम्तो आएको र प्रधानमन्त्रीको भ्रमणको तयारी तीव्र पारिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। भियतनामले बैशाख पूर्णिमा समारोहमा प्रधानमन्त्री ओलीलाई मुख्यवक्ताको रूपमा आमन्त्रण गरेको हो।

यसपालि जेठ ४ गते बुद्धजयन्ती छ। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच दुई पक्षीय हवाइ सम्झौता परिमार्जन गर्ने तयारी भइरहेको छ।

यसअघि भियतनामसँग सन् २०१५ मा हवाइ सम्झौता भएको थियो। सम्झौता भए पनि त्यसको कार्यान्वयन भएको थिएन।

भैरहवाको गौतम वुद्ध विमानस्थलमा भियतानमबाट चार्टर्ड फ्लाइट गर्न मिल्ने गरी सम्झौता परिमार्जन हुन लागेको हो।

भियतनामपछि प्रधानमन्त्री ओलीले कम्बोडियाको पनि औपचारिक भ्रमण गर्नेछन्। बुद्ध धर्मालम्बी बहुल यी दुई देशमा नेपाली प्रधानमन्त्रीको औपचारिक भ्रमण विरलै हुने गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस