नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औँ दिवस मनाईँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख ९, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख ९, काठमाडौँ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर सोमबार विशेष कार्यक्रम गर्दैछ ।

दिवसलाई उसले भव्य रुपमा मनाउने तयारी गरेको जनाएको छ । कमलादीमा हुने विशेष कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।

यस्तै सोमबार नै तत्कालीन एमाले र तत्कालीन माओवादीबिच एकता भएर निर्माण भएको नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा पनि गर्ने तयारी रहेको छ । आइतबार बेलुका बसेको सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको टुंगो लगाएको छ ।

७० वर्षअघि अर्थात सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेकपाका संस्थापक महासचिव पुष्पलाल थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस