चट्याङ्ग पर्ने र हुरी–बतास चल्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख ९, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख ९, काठमाडौँ । पहाडी क्षेत्रमा मौसम बदली भए पनि अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै चट्याङ्ग पर्ने तथा हुरी–बतास चल्ने सम्भावना पनि रहेको मौसमविदको भनाई छ ।

राति पनि पहाडी क्षेत्रमा आंशिक बदली भइ केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । तराईका क्षेत्रमा भने मौसम सफा रहने छ र ठूलो हुरी बतासको सम्भावना पनि कम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस