खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न नेकपा सांसद श्रेष्ठको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १९, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख १९,काठमाडौँ । सांसदहरुले खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न माग गरेका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेकपा सांसद कृष्णकुमार श्रेष्ठले व्यवसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मुल्य कायम गर्न आग्रह गरेका हुन् ।

व्यवसायिक प्रयोजनमा भ्याट छुटको व्यवस्था रहेको कारण दुई थरी मुल्य कायम गर्नु पर्ने उनको माग छ । यसअघि निलो र रातो रंगको ग्यास प्रयोगमा ल्याइए पनि कमिसनको चलखेलका कारण सफल हुन नसकेको भन्दै अब भ्याट फिर्ता बैंक मार्फत हुनुपर्ने सांसद श्रेष्ठले बताए ।

कांग्रेस सांसद प्रकाश रसाइलीले काठमाडौं उपत्यकामा मापदण्ड विपरीत रहेका पेट्रोल पम्प सरकारले किन हटाउन नसकिएको भन्दै प्रश्न गरे । उनले कालिमाटीमा रहेको पम्प नजिकै खोलामा पुल बनेपछि पम्प सडकको बीचमै परेको भन्दै त्यसलाई हटाउन माग गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस