बैशाख २०, काठमाडौँ । सरकारले महत्वाकांक्षी कार्यक्रमहरु समेटेर आगामी आर्थिक वर्ष २०७६–०७७ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार निर्माणलगायत विषयहरु समेटिएका छन् । भूकम्पपछिको पुनर्निर्माण दुई वर्षभित्रमा सक्ने, सार्वजनिक विद्यालय सुधार्ने कार्यक्रम आदि विषयमा नीति तथा कार्यक्रममा छन् ।
यस्तो छ सरकारको वार्षिक नीति तथा कार्यक्रम