सडक दुर्घटना : १०४ ‘जाखिमपूर्ण’ देशमध्ये नेपाल ७९औं स्थानमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २५, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख २५,काठमाडौँ । सडक दुर्घटनाका लागि नेपाल ‘जोखिमपूर्ण’ मुलुकको सूचीमा परेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार, १०४ ‘जाखिमपूर्ण’ देशमध्ये नेपाल ७९औं स्थानमा परेको हो ।

संयुक्त राष्ट्रंघ (युएन) ले जारी गरेको ‘युएन सवारी सुरक्षा मापदण्ड’ का लागि ४०औँ स्थानमा परेको छ । नेपालमा दैनिक छदेखि १० जनाले सवारी दुर्घटना परी ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाएको छ ।

‘युएन– विश्वव्यापी सडकसुरक्षा सप्ताह २०१९’ को मङ्गलबार शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, महानगरीय प्रहरी कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको छ ।

सवारी दुर्घटना नियन्त्रण गर्न नीतिगत निर्णयका अतिरिक्त सचेतना अनिवार्य भएको चर्चा गर्दै महानगरीय प्रहरी कार्यालय प्रमुख शैलेस थापाक्षेत्रीले सडक दुर्घटनाबाट नेपालमा वार्षिक करिब तीनहजारभन्दा बढी ब्यक्तिको अकालमै ज्यान जाने गरेको बताए।

मन्त्रालयका सहसचिव सरोजकुमार प्रधानले सवारी दुर्घटनाको दृष्टिकोणले ‘जोखिमपूर्ण’ नेपाललाई विश्वमा दुर्घटनाको देशका रुपमा नभइ सुरक्षित र समृद्ध मुलुकको रुपमा चिनाउन सडकसुरक्षा, सचेतना र ट्राफिक नियमको परिपालना अनिवार्य भएको बताए ।

यातायात मन्त्रालयका अनुसार, ठूलाभन्दा साना सवारी साधन बढी दुर्घटनामा पर्ने गरेका छन् तर मानवीय क्षति भने ठूला सवारी दुर्घटनाबाट बढी हुने गरेको छ । ‘डब्लुएचओ’ लाई उद्धृत गर्दै मन्त्रालयले मृत्युको विभिन्न कारणमध्ये सवारी दुर्घटनालाई आठौं कारणको रुपमा राखेको छ ।

मन्त्रालयले सवारी दुर्घटना नियन्त्रणका लागि ऐन कानुन परिमार्जन, सडकसुधार, सवारीयन्त्र तथा चालकको स्वास्थ परीक्षण, चालक अनुमतिपत्र वितरण कार्यलाई वैज्ञानिक तथा व्यावहारिक बनाउनुपर्नेमा जोड दिएको छ ।

त्यस्तै, साना ठूला गरी वार्षिक १० हजारको हाराहारीमा सवारी दुर्घटना हुन्छन् । आर्थिक वर्ष २०७४÷२०७५ को तथ्याङ्क अनुसार, चालकको लापरवाही छहजार नौसय ९२, तीब्रगति एकहजार एकसय १५ , यात्रुको गल्ती दुईसय ३८, ओभरटेक एकसय छ र सडकको अवस्था ९०, मदिरा सेवन ८१ वटा दुर्घटना भएका छन् ।

साताब्यापी रुपमा सञ्चालन हुने युएन विश्वब्यापी सडकसुरक्षा सप्ताह सचेतनामूलक ¥याली रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु गरेर देशभर नै सञ्चालन गरिएको छ । डब्लुएचओले जोखिममा रहेका मुलुकलाई सन् २०२० सम्ममा सुधार ल्याउने लक्ष्य राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस