ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्युपछि धनगढीमा तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २७, शुक्रबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

बैशाख २७, धनगढी । मोहनापुल–अत्तरिया सडक खण्डमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

युपी ३१ टि ४८१७ नम्वरको ट्रकले से ६ प ३२१७ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर चालकको मृत्यु भएपछि ठक्कर दिने ट्रक तोडफोड र आगजनी गरिएको छ। आक्रोसित स्थानीयले सडक अवरुद्धको प्रयास गरेका छन्।

आक्रोशित स्थानीय सडकमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस