पोखरेलसहित ३ जना डीआईजीमा नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २९, आईतबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख २९,काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका विश्वराज पोखरेललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा खनालले पोखरेलसहित प्राविधिक समूहबाट डीआईजीमा बढुवा भएका डा. रामकृष्णराज भण्डारी र डा. विजयराम श्रेष्ठलाई फूली लगाइदिएका हुन् ।

उनीहरुलाई गृहमन्त्रालको मन्त्रीस्तरीय निर्णयबाट २७ वैशाखमा डीआईजी बढुवा गरिएको थियो । कार्यक्रममा बोल्दै आईजीपी खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वाबस, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ–आफ्नो ठाउँबाट अगाडि बढ्न निर्देशन दिए ।

प्रहरीका हरेक काम कानुनसम्मत र व्यवहारिकताकासाथ सम्पन्न हुँदै संगठनले गति लिइरहेको चर्चा गर्दै उनले भने, मूलभूत रुपमा संगठन गतिशील हुनैपर्छ ।

नेतृत्वमा रहँदा लिने निर्णय दुरगामी सोचमा आधारमा हुनुपर्ने विचार व्यक्त गर्दै खनालले पदोन्नतिपछि कसरी राम्रो काम गर्ने भन्ने सोच, आफूप्रति विश्वास, कामप्रतिको लगाव, संगठनप्रति समर्पणभाव र व्यक्तिगत निष्ठाले नै सफलता प्राप्त हुने उल्लेख गरे ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै पोखरेलले नमूना संगठन बनाउने कटिबद्धता, आकांक्षा र योजनाका साथ प्रहरी महानिरीक्षकले निर्धारण गरेका संगठनका प्राथमिकताहरुको कार्यान्वयन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरीको इतिहासमा ऐतिहासिक कार्यक्रमको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै पोखरेलले यसलाई संस्थागत रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस