मलेसिया जाने कामदारको बायोमेट्रिक सुरक्षा जाँच गर्ने जीएसजीमा प्रहरीको छापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाडौँ । वैदेशिक रोगजागर विभागले मलेसिया जाने कामदारको बायोमेट्रिक सुरक्षा जाँच गर्ने जीएसजी सर्भिस प्रालिको कार्यालयमा मंगलबार छापा मारेको छ।

जीएसजीले सरकारको स्वीकृतिबिना मलेसिया जाने नयाँ कामदारको बायोमेट्रिक सुरक्षा जाँच गरिरहेको भन्ने सूचनाका आधारमा विभागले छापा मारेको हो।

कामदारको सुरक्षा जाँच गरेपछि मात्रै भिसा प्रक्रिया सुरु हुन्छ।

सरकारले मलेसियातर्फ नयाँ कामदारको श्रम स्वीकृतिको प्रक्रिया पूर्ण रूपमा रोकेको छ।

प्रहरीका अनुसार कम्पनीका सञ्चालक गोविन्द थपलिया फरार सूचीमा छन्।

शक्ति केन्द्रको आडमा उनलाई पक्राउ गरिएको थिएन।

ताजा अपडेट

खोजी गर्नुहोस